हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ९ महिना अगाडि

हल्दिबारीमा भोलिदेखि प्रथम वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

जनक राजवंशी/हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ मा दिवङ्गत स्व. श्याम कुमार फियाक लिम्बूको २४औं पुण्य स्मृति तिथिको अवसर पारेर ‘स्व. श्याम कुमार लिम्बू स्मृति प्रतिष्ठान’ ले प्रथम हल्दिबारी वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

Advertisement

प्रतियोगिता भोलि (२०८२ साल कार्तिक १ गते) शनिबार बाट सञ्चालन हुनेछ। खेल हल्दिबारी वडा नं. २ स्थित हल्दिबारी माध्यामिक विद्यालयको खेल मैदानमा हुनेछ। उद्घाटन खेल शनिबार दिउँसो ३:०० बजे बाट सुरु हुने आयोजकले जनाएको छ।

Advertisement

प्रतिष्ठानका अनुसार, यस प्रतियोगिताले वडा भित्रका ज्येष्ठ खेलाडीहरूलाई खेलमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै वडाको खेलकुद गतिविधिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतियोगिताका नियम र पुरस्कारहरू

आयोजकले प्रतियोगिताका लागि सहभागी टोली तथा खेलाडीहरूका लागि केही नियमहरू समेत सार्वजनिक गरेको छ, जसअनुसार:

  • खेलाडी संख्या: प्रत्येक टोलीमा ९ जना मैदानमा र ४ जना वैकल्पिक (सब्स्टिच्युट) गरी जम्मा १३ जना खेलाडी हुनुपर्नेछ।
  • उमेर समूह: खेलाडीहरूको उमेर समूह निर्धारण गरिएको छ, जसमा ३४ देखि ३६ वर्ष उमेर समूहका २ जना र ३६ देखि ३८ वर्ष उमेर समूहका २ जना खेलाडी हुनुपर्नेछ। बाँकी सबै खेलाडी ४० वर्षभन्दा माथिको उमेर समूहका हुनुपर्नेछ।
  • परिचय पत्र: खेलाडीहरूले आफ्नो परिचय खुल्ने नेपाली नागरिकताको प्रमाण पत्र वा सरकारी कागज पत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ। बसाइँसराइ गरी आएका खेलाडीले बसाइँसराइको कागजात समेत ल्याउनुपर्नेछ।
  • स्वास्थ्य सुरक्षा: खेलका दौरानमा कुनै पनि चोटपटक लागेमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं खेलाडीमा निहित रहनेछ र यसमा आयोजक समिति जिम्मेवार हुने छैन।
  • निर्णायकको भूमिका: प्रतियोगिताभरि रेफ्री (निर्णायक) को निर्णय नै अन्तिम मानिनेछ।
  • खेलाडीमाथि शंका (प्रोटेस्ट): कुनै पनि खेलाडीको उमेर वा अन्य योग्यतामाथि शंका लागेको खण्डमा (प्रोटेस्ट) खेल सकिएको ३:०० (तीन) मिनेट भित्रमा गरिसक्नुपर्नेछ। तोकिएको समयपछि गरिएका प्रोटेस्ट मान्य हुने छैनन्।

खेलमा प्रथम पुरस्कार रु.१५,०००।–, ट्रफी र मेडल रहने छ भने दाेस्रो पुरस्कार रु.१०,०००।–, ट्रफी र मेडलर प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको र सफल बनाउनका लागि सम्पूर्ण खेलप्रेमी तथा सरोकारवालाहरूलाई आयोजकले सहयोग गर्न अपिल गरेको छ।

खेल तालिका 👇

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)