स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिबारी गाउँपालिकामा मनाइयो १६औं महिला स्वयं सेविका दिवस

 झापा। जिल्लाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ मा १६औं महिला स्वयं सेविका दिवस मनाइएको छ।

विज्ञापन (Advertisement)Advertisement

अन्तर्राष्ट्रिय स्वयं सेवक दिवसका अबसरमा हल्दिबारी गापाको जलथल स्वास्थ्य चौकीले ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम भूमिका’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष होमप्रसाद चुँडाल, वडा सदस्य गीता भण्डारी, स्थानीय युवा स्वयं सेवक अभिशेक खतिवडा, स्वास्थ्य चौकी प्रमुख राम प्रसाद ढकाललगायतले आफ्नो कुराहरू राखेका थिए। कार्यक्रममा वडा नम्बर, ३, ४ र ५ का स्वयं सेविकाहरू, तीनवटै वडाका स्वास्थ्यकर्मी र स्थानीयको उपस्थिति रहेको थियो।

विभिन्न क्षेत्रमा काम गर्ने तीन जना स्वयं सेविकालाई सम्मान गरेको वडा सदस्य गीता भण्डारीले दल्दिबारीलाई जानकारी दिएकी छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)