हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी वडा नं ३ द्वारा युवा खेलाडीहरुलाई सहयोग 

अभिषेक खतिवडा/जलथल, पौष ९ । हल्दिबारी गाउँपालिका वडा नं-३ वडा कार्यालयले युवा खेलाडीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।

Advertisement

वडाको युवा सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा भित्र क्रिकेट खेलको विकास तथा सम्वर्धन गर्ने हेतुले वडा कार्यालयले ढडुवा युवा क्लब परिवारलाई सामाग्री प्रदान गरेको थियो।

Advertisement

वडा कार्यालयले ढडुवा युवा क्लब परिवारलाई सामाग्री हस्तान्तरण गरे सगै क्लबले खेलाडीहरु लाई सामाग्री प्रदान गरेको क्लबका अध्यक्ष कुल बहादुर न्यौपाने (गोपाल) ले जानकारी दिनु भएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष बिष्णु ओली , वडा सदस्यद्वय अजित कुमार बिष्ट , कर्ण भण्डारी क्लबका अध्यक्ष कुल बहादुर (गोपाल) न्यौपाने र खेलाडीहरुको उपस्थिति रहेको थियो।

खेलाडीहरु लाई अभ्यास गर्नेका लागि र विभिन्न प्रतियोगिताहरुमा सहभागी तथा सहयोग हुने गरी ११ थान जर्सी, बल , ब्याट ,क्रिकेट हेल्मेट लगायत क्रिकेटको आवश्यक एक सेट सम्पुर्ण सामाग्री प्रदान गरिएको वडा कार्यालयका सचिव राजन खतिवडाले बताउनु भएको छ ।

वडा भित्रको टिमलाई नेतृत्व गरी रहेका टंंक बहादुर लिङदेनले वडा कार्यालय र ढडुवा युवा क्लबले खेलाडीहरुको मनोभावना बुझेर सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका थिए। अन्य खेलाडीहरुले पनि हल्दिबारी वडा नं-३ साविक गैरीगाउँमा क्रिकेट खेल्नका लागि खेल मैदान मर्मत लगायत सामाग्री सहयोग गरेकोमा र हामीलाई थप उर्जाशिल बनाइदिनु भएकोमा धन्यवाद प्रकट गरेका थिए।

क्लबले वडा भित्रको खेलकुद क्षेत्रको विकासका लागि आफुहरु तत्पर रहेको र वडा भित्रका क्रिकेट खेलाडी तथा सम्बन्ध सबैलाई साविक जलथल -१ मा रहेको खेल मैदानमा अभ्यासको लागि उपस्थिति हुन् समेत सबैलाई जानकारी गराएको क्लबका अध्यक्ष न्यौपानेले जानकारी दिइएका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)