स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा जनता उपचार कोष मार्फत १५६ बिरामीले लिए २५ लाख

  हल्दिवारी गाउँपालिकाले जनता उपचार सहायता कोष मार्फत ८१ विभिन्न रोगका बिरामीहरुलाई हाल सम्म ११ लाख ७५ हजार आर्थिक सहयोग आर्थिक बर्ष ०७५/०७६ मा गरेको छ ।

गाउँपालिकाले ०७४/०७५ को आर्थिक बर्षमा ७५ बिरामीलाई १२ लाख ५० हजार सहयोग गरेको पाइन्छ । गाउँपालिकाले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी क्यान्सरका १५+१२ =२७ बिरामीलाई हाल सम्म सहयोग गरेको पाइन्छ । त्यस्तै मृगौलाका ८+१४ =२२ बिरामी ,मुटुका १३+३३=४६ बिरामीलाई सहयोग उपलब्ध गराएको छ भने अन्य जटिल रोगका २२ बिरामी लाई समेत आर्थिक सहयोग उपलब्ध गराएको पाइन्छ ।

विज्ञापन (Advertisement)Advertisement

प्रत्येक वडाबाट सिफारिस भएर आएका बिरामीहरुलाई ५ हजार देखि २५ हजार सम्म सहायता कोष मार्फत आर्थिक सहयोग उपलब्ध गराउदै आएको गाउँ पालिका उपाध्यक्ष तथा जनता उपचार सहायता कोष संयोजक डम्बर बहादुर गिरि बताउनु हुन्छ। उक्त कोष मार्फत बिपन्न परिवारलाई सहयोग गर्ने लक्ष्य भएपनी वडाबाट सम्पन्न परिवारलाई समेत सिफारिस हुने गरेको देखिन आएको छ ।

गाउँ पालिकाले आर्थिक बर्ष ०७४/०७५ तथा ०७५/०७६ को हालसम्म २५ लाख सहयोग उपलब्ध गराएको पाइन्छ ।

 

 

 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)