हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गाई- गोरुको तस्करी केन्द्र बन्दै ! कहिले रोकिन्छ गाई – गोरु तस्करी ?

विस्णुकुमारी घिमिरे – जलथल : हल्दिवारी गाउँपालिका यति खेर गोरु तस्करीको केन्द्र भएको छ । कोरोना संक्रमण पछि बन्द जस्तै देखिएको गाई – गोरुको तस्करी फेरि खुलेआम शुरु भएको देख्न सकिन्छ ।

Advertisement

हल्दिवारी गाउँपालिका स्थित चारकोसे जङ्गल र स्थानीय देउनिया खोलाको उपयोग गर्दै जिल्ला तथा स्थानीय प्रहरी प्रसासनको समेत सहयोगमा गाई – गोरुको अबैध तस्करी गरि भारत लैजाने गरेको स्थानीयहरु बताउछ्न ।

Advertisement

स्थानीयहरुका अनुसार बुधबार देखि शुक्रबार बिहान सम्म मात्र सयौ मिनि ट्रकमा गाई – गोरु जलथल भित्रिएर भारत तस्करी भै रहेको छ । नेपाल सरकारले समेत प्रतिबन्ध गरेको गाई तस्करी लाई प्रसासनले आर्थिक चलखेलमा प्रोत्साहन गरेको प्रष्ट हुन्छ ।

नेपालबाट यसरी लगिएका बुढा गाई – गोरुहरु भारत तथा बङ्ग्लादेस लागि काट्ने गरेको विभिन्न सञ्चारमाध्यमहरुले बेलाबखतमा बताउने गरेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)