हल्दिवारी गाउँपालिका गाउँ शिक्षा समितिको आज बसेको बैठकले कोरोना संक्रमणका कारण यहि बैशाख १४ देखि २० गते सम्म सबै सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
गाउँ शिक्षा समितिले भौतिक उपस्थितमा विद्यालय बन्द गर्ने निर्णय गरेपनि भर्चुअल र बैकल्पिक बिधिबाट मात्र पठनपाठन गर्न निर्देशन दिएको शिक्षा समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले जानकारी दिनु भएको छ ।

कोरोना संक्रमणले बालबालिका लाई ज्यादै ठुलो असर पुर्याईरहेको यस अबस्थामा आफ्ना नानीहरूलाई घरमै सुरक्षित रूपमा राख्न समेत उपाध्यक्ष गिरिले हल्दिवार ी बासिलाई आह्वान गर्नु भएको छ।
हल्दिवारी गाउँपालिका भित्र गत बर्षमात्र ५० जनामा कोरोना संक्रमण देखिएको थियोे भने २ जनाले ज्यान गुमाएका थिए ।
यहि बैशाखमा कोरोनाले हल्दिवारी गाउँ पालिका भित्रका ४ जनालाई संक्रमण देखिएको छ भने भने बिदेशमा रहेका २० जनालाई संक्रमण देखि सकेको छ ।

















