खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी गाउँशिक्षा समितिको आयोजनामा अध्यक्ष ,उपाध्यक्ष रनिङ सिल प्रतियोगिता माघ १० देखि शुरुहुदै

 जलथल : हल्दिवारी गाउँशिक्षा समितिको आयोजनामा यही माघ १० गतेदेखि अध्यक्ष तथा उपाध्यक्ष रनिङ सिल प्रतियोगिता संचालन हुने भएको छ। हल्दिवारी गाउँपालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयहरुले उक्त रनिङ सिल प्रतियोगितामा भाग लिने शिक्षा समिति प्रमुख राम बहादुर दाहालले बताउनु भएको छ।

विज्ञापन (Advertisement)Advertisement

अध्यक्ष रनिङ सिल प्रतियोगितामा हल्दिवारीमा रहेका सबै मावी तथा उपाध्यक्ष रनिङ सिलको लागि आधारभुत तहका विद्यार्थीहरुले भागलिन पाउने खेल संचालन मुल समितिका संयोजक मित्र बहादुर बस्नेतले जानकारी दिनुभएको छ। जनजागृती मावीमा माघ १० देखि १७ सम्म संचालन हुन गैरहेको दोस्रो अध्यक्ष तथा उपाध्यक्ष रनिङ सिल प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख खर्च हुने बताइएको छ।

रनिङ सिल प्रतियोगितामा भलिबल ,फुटबल ,कवडी ,एथलेटिक्स ,योग तथा करातेका छात्र / छात्राका खेलहरु हुनेछ्न ।खेल सम्पन्न गर्न हल्दिवारी माविका शिक्षक मित्र बहादुर बस्नेतको संयोजकत्वमा १३ सदस्य खेल संचालन मुल समिति समेत गठन गरिएको छ।

रास्ट्रपति रनिङ सिल प्रतियोगितालाई मध्यनजर राख्दै विद्यार्थी बिच खेल बिकास गर्न अध्यक्ष तथा उपाध्यक्ष सिल प्रतियोगिता शुरु गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनु भएको छ ।

खेलको पुर्व अभ्यास गर्न सबै मावि तथा आधारभुत सरकारी विद्यालयलाई १५ हजार तथा १० हजार उपलब्ध समेत गर्न लागिएको गाउँ शिक्षा समिति प्रमुख राम बहादुर दाहालले haldibari.com लाई बताउनु भएको छ। उक्त रनिङ सिल प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो हुने मावी तथा आधारभुत विद्यालयले क्रमस ३३ हजार २२ हजार ११ हजार नगदसहित सिल ,मेड्ल र प्रमाणपत्र पाउने छ्न ।

करिब ५ सय खेलाडीहरुले भाग लिन सक्ने प्रतियोगिताको पहिलो सस्करणमा मावी तथा आधारभुत दुबैमा हल्दिवारी मावि प्रथम भएको थियो ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)