स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी रेडक्रसमा सम्पन्न आँखा शिविरमा २२५ जनाले सेवा लिए

 हल्दिवारी १७ पौष । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

विज्ञापन (Advertisement)Advertisement

हल्दिवारी वडा नम्बर २ अध्यक्ष राजेन्द्र योङहाङ्को प्रमुख आतिथ्य तथा रेडक्रस सभापति कर्णखर प्रसाईको अध्यक्षतामा भएको शिविरमा २२५ जनाले निशुल्क आँखा चेकजाँच गरेको तथा १९ जनालाई शल्यक्रियाको लागि अस्पताल लगिएको उपशाखा सचीव हरिकृष्ण अधिकारीले जानकारी दिनु भएको छ ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा निशुल्क चेकजाँच तथा औषधि बितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारी तथा मेची आँखा अस्पताल फाउन्डेसन आई केयर आइरिसइन्टरनेसनलको सयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको हो ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)