​हल्दिबारी। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित फाल्गुनन्द गाउँपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि हल्दीबारी गाउँपालिका २ को नवकिरण स्पोर्टिङ क्लबले हात पारेको छ। पाँचथरको नहमी डाँडामा सम्पन्न फाइनल खेलमा आयोजक तिजोक फुटबल क्लबलाई २–० को गोल अन्तरले स्तब्ध पार्दै नवकिरणले उपाधि चुमेको हो।

​उपाधिसँगै नवकिरणले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजक तिजोक फुटबल क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ।

​अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको १७ औँ मिनेटमा शक्ति राईले गोल गर्दै नवकिरणलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३२ औँ मिनेटमा आयुस लिम्बूले दोस्रो गोल थपेपछि टोलीको जित सुनिश्चित भएको थियो। निर्धारित समयसम्म आयोजक टोलीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

(राजन श्रेष्ठको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार