एसइई परिक्षामा हल्दीबारी टपरको रुपमा छात्रा तर्फ सिग्मा अंग्रेजी विद्यालयबाट बिमला ओली ३.७४, र छात्र तर्फ हल्दिबारी मा.वि. का समिर गौतम र गोल्धाप सनसाइनका इमेस भट्टराई ३.७७ जि.पि.ए. सहित उतिर्ण गरेका छन् ।
शिक्षा साखा हल्दीबारीले दिएको जानकारी अनुसार ४८४ विद्यार्थी एसइई परिक्षामा सहभागी रहेकोमा १२५ विद्यार्थीले ग्रेण बृद्धि दिन पाउने भएका छन् भने १६३ जना विद्यार्थी अनुतिर्ण भएका छन् । हल्दीबारी भित्रका सामुदायिक विद्यालयहरुमा हल्दीबारी मा.वि.का प्राविधिार तर्फ २० र साधारण तर्फ २३ विद्यार्थी उतिर्ण भएका छन् भने प्रविधिकधारमा एक र साधारणधारमा ४५ विद्यार्थीले ग्रेणबृद्धि दिन पाउने भएको शिक्षा शाखाले दिएको विवरणमा उल्लेख छ । त्यस्तै सरस्वती मा.वि.का २० विद्यार्थीमा ६ जनाले ग्रेण बृद्धि दिन पाउने भएका छन् भने उतिर्ण हुनेको संख्या शुन्य रहेको छ । त्यस्तै महेन्द्र मा.वि. का ८ विद्यार्थी उतिर्ण भएका छन् भने ६ जनाले ग्रेड बृद्धि दिन पाउने भएका छन् । त्यसै गरी लक्ष्मी मा.वि. १२ उतिर्ण, १३ विद्यार्थी ग्रेड बृद्धि, जनजागृती मा.वि. को ३० उतिर्ण, २५ विद्यार्थी ग्रेड बृद्धि, पञ्चायत मा.वि. को ३ उतिर्ण, २ विद्यार्थी ग्रेड बृद्धि दिन पाउने भएका छन् ।

















