हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारी माविका पूर्व शिक्षक एवं साहित्यकार गणेशप्रसाद नेपालको निधन

झापा । झापाको हल्दीबारी माविका पूर्व शिक्षक र प्रख्यात साहित्यकार गणेशप्रसाद नेपाल ८२ वर्षको उमेरमा काठमाडौंमा निधन भएका छन्।

Advertisement

उहाँ मुटु, प्रोस्टेट लगायतका स्वास्थ्य समस्याका कारण करिब तीन सातादेखि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत थिए। उपचारकै क्रममा बुधबार बिहान साढे १० बजे उहाँको निधन भएको ज्वाइँ डेनी निरौलाले जानकारी दिए।

Advertisement

सन् २०२८ सालदेखि शिक्षण पेशामा संलग्न नेपालले भोजपुर, धरान र झापाका विभिन्न विद्यालय तथा संस्कृत विद्यापीठहरूमा करिब पाँच दशक अध्यापन गरेका थिए। २०७१ सालमा सेवाबाट अवकाश पाएपछि साहित्य सिर्जनामा सक्रिय भएका थिए।

उनका प्रकाशित कृतिहरूमा “परदेशको व्यथा” (काव्य, २०७२) र “समयका कविता” (२०८०) समावेश छन्। हाल उनी “गुनीको गाना” (नीति काव्य) प्रकाशनको अन्तिम तयारीमा थिए। कान्छा छोरा र साहित्यकार रत्नमणि नेपालका अनुसार, “तेस्रो कृति हेर्ने बुबाको इच्छा अधुरै रह्यो।”

नेपाल २०४० को दशकदेखि झापाको चन्द्रगढीमा बसोबास गर्दै आएका थिए। उनी दुई छोरा र तीन छोरीका पिता हुन्।उहाँको निधनले झापाको साहित्यिक र शैक्षिक क्षेत्रमा ठूलो शोक छाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)