हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

७ अर्ब ४३ करोड कर छलेको भन्दै बोटलर्स नेपालविरुद्ध मुद्दा दायर

बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले कर छलीको मुद्दा दायर गरेको छ । आज (शुक्रबार)उच्च अदालत पाटनमा राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर गरेको हो ।

Advertisement

बोटलर्स नेपालविरुद्ध विभागले रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको हो । कोकाकोलाको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा कर छली भएको विभागले जनाएको छ । १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट रु तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असुलउपर गर्न माग गरेको छ ।

Advertisement

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठुला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनु पूर्व तथा पछाडिको आयकर ऐनअनुसार पुँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोग पत्रमा विभागले उल्लेख गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)