हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

९२ अङ्कभन्दा धेरैले बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार ९२ दशमलव ४६ अङ्कले बढेर २५ सय ९९ दशमलव ०८ विन्दुमा पुगेको छ । मङ्गलवार बैकिङ समूहको शेयर ४५ दशमलव १३ अङ्कले, व्यापार समूहको एक सय ९० दशमलव ७२ अङ्कले, हाइड्रोपावरको एक सय ५३ दशमलव ०८ अङ्कले, निर्जीवन बीमा समूहको पाँच सय ४३ दशमलव २७ अङ्कले, माइक्रोफाइनान्सको दुई सय ३७ दशमलव ५ अङ्कले र जीवन बीमा समूहको शेयर पाँच सय ५८ दशमलव ६३ अङ्कले बढेको छ ।

Advertisement

दुई सय १६ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको २३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Advertisement

माथिल्लो तामाकोशीको शेयर दश प्रतिशतले बढ्दा विशाल बजार, महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स कम्पनीलगायत पाँच कम्पनीको शेयर पनि झण्डै दश प्रतिशतले बढेको छ । आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई बैंकलगायत पाँच कम्पनीको शेयर भने एक प्रतिशतभन्दा धेरैले घटेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)