हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

९४ तोला चाँदी सहित शर्मा पक्राउ

९४ तोला चाँदी सहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेमा मोरङ रतुवामाई नगरपालिका(३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

Advertisement

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको हो । बरामद चाँदी सहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)