हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

माईखोला माथी करोडौं रुपैयाँ खर्च गरेपनी रोकिएन सडक भासिन, जुनसुकै बेला दुर्घटनामा पर्ने त्रास

इलाम/मेची राजमार्गको इलाम नगरपालिकास्थित राजदुवाली खण्डमा करोडौं रुपैयाँ खर्चिए पनि सडक भासिने क्रम रोकिएको छैन ।

Advertisement

झन्डै ६ करोड रुपैयाँ खर्च गरे पनि सडक भासिनबाट रोक्ने प्रयास सफल हुन नसकेको हो ।निरन्तर भासिएकाले सडक छेउको बस्ती पनि जोखिममा छ । स्थानीयले सडकलाई अन्यत्रै सार्नुपर्ने माग गर्न थालेका छन् । भासिएको सडक बनाउन रक एङकरिङ प्रविधिबाट काम गरिए पनि उपयोगी हुन सकेको भने छैन ।

Advertisement

सडक भासिने क्रम रोक्न ३२ एमएमको २५ मिटर लामो रडको एङकरिङ गरिएको थियो । ५ करोड ९९ लाख रुपैयाँ खर्च गरी सडकको तीन खण्डमा यो प्रविधि अपनाइए पनि समस्याको समाधान हुन सकेको छैन ।

‘गाडी कुदाउँदा कुदाउँदै माथिबाट पर्खाल झरेर पुर्छ कि जस्तो भएको छ’, एक सवारी चालकले भने, ‘यस क्षेत्रमा जुनसुकै बेला दुर्घटनामा पर्ने त्रास हुन्छ ।’सडक डिभिजनले माइखोला माथिको एकातर्फको पर्खाल भत्काएर थाम्ने प्रयास गरे पनि अर्कोतर्फ उत्तिकै जोखिम बढेको छ ।’ बर्सेनि सडक भासिएपछि कार्यालयले ग्राभेल लगाएर यातायात सञ्चालनमा ल्याएको छ ।

२०७२ असार २० मा सम्झौता भई २०७६ असारमा एङकरिङको काम सकिएको हो ।तत्काल राजमार्ग अर्को ठाउँमा सार्ने विकल्पसमेत नरहेको सरोकारवाला बताउँछन् । अनौठो ढंगले सडक भासिएर समस्या आउने गरेको हो।

माइखोलादेखि भन्ज्याङसम्म एक दर्जन जति स्थानमा सडक दब्ने समस्या देखिएको छ । जसका कारण यहाँ कालोपत्र गरिए पनि लामो समय नटिक्दा सवारी चलाउन अप्ठेरो हुने गरेको चालक बताउँछन् ।

भासिने क्रम नरोकिएपछि सरकारको हरेक वर्ष मर्मतका लागि ठूलो रकम खर्च हुने गरेको छ ।२०५३ सालदेखि भासिन सुरु गरेको सडकको माई खोला माथिल्लो खण्डको २ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त हुने गरेको हो । उक्त सडक भएर इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मका बासिन्दालाई तराईसँगको सम्पर्क गाँसिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)