हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अखिल (क्रान्तिकारी ) विप्लवको झापा अध्यक्षमा डिपी सी

झापा । विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को झापा अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन्।
अखिल (क्रान्तिकारी ) झापा जिल्लाको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी सी, उपाध्यक्ष पदमा सविना सी, सचिवमा आर्यान सी, सहसचिवमा अंकिता सी र कोषाध्यक्षमा नविना सी सहित २५ सदस्यीय जिल्ला कमिटी चयन भएको मेची ब्युरो संयोजक बिनोद सी ले जानकारी दिए।
हिजो झापाको बिर्तामोड स्थित कनकाई क्याम्पसको सभाहलमा सम्पन्न उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी , अतिथिहरु अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव ललित सी, पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रशान्त सी, झापा जिल्ला सेक्रेटरी सञ्जय सी लगायतले मैन बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुमनसिंह सी ले हजारौं विद्यार्थीहरुको रगत र पसिनाबाट सिर्जीत अखिल (क्रान्तिकारी) को उद्देश्य भनेको बैज्ञानिक शिक्षा प्रणाली लागू गर्नु रहेको बताउँदै एकीकृत जनक्रान्तीका विद्यार्थी सहिद प्रज्वल शाहीहरुको बलिदानलाई खेर जान नदिन र बुर्जुवा शिक्षा प्रणालीका बिरुद्ध सशक्त भएर अगाडि बढ्न निर्देशन दिँदै शुभकामना व्यक्त गरेका थिए।
उक्त सम्मेलनमा सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियोे । सममेलनबाट अध्यक्ष पदमा चयन भएका डीपी सी ले झापाली विद्यार्थीहरुको आन्दोलन, बैज्ञानिक शिक्षा प्रणाली लागू गर्न विद्यार्थी हरुले बगाएको रगत पसिना र हजारौं सहिदहरुको बलिदान खेर जान नदिने प्रतिबद्धता ब्यक्त गरे।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)