हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आयोजक ढडुवा एफसी २–१ गोल अन्तरले विशालपुर एफसी भद्रपुर संग पराजित

जलथल, ७ असार । प्रथम ढडुवा गलाउ मेचे स्मृति कप नकआउट फुटबल प्रतियोगिताको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले पानसमा दिप प्रज्वलन गरि उत्घाटन गर्नु भयो ।

Advertisement

हल्दिबारी गाउँपालिका वडा नं. ३, पञ्चायत मा.वि.को खेल मैदानमा आजदेखी सुरु भएको गेमको फाइनल १५ गते हुने आयोजक ढडुवा एफसीले जनाएको छ । आजको पहिलो उत्घाटन खेल ढडुवा एफसी ए लाई हराउदै विशालपुर एफसी भद्रपुर २–१ ले विजय भएको छ भने भोली ब्रदर्श युनाइटेड चन्द्रगढी र गोल्धाप एफसी बिच प्रतिस्पर्दा हुने छ । आयोजकका २ टिम र अरु ८ टिमको सहभागिता रहेको खेलमा प्रथम हुनेले ३१०५५ तथा दोस्रो हुनेले २१०५५ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार ब्यवस्था गरिएको छ ।

Advertisement

आयोजकले बेष्ट किपर, बेष्ट डिफेन्च, बेष्ट मिड फिल्डर, बेष्ट फर्वड, बेष्ट कोच र हाईस्कोरलाई २–२ हजार नगद पुरस्कार दिने छ भने बेष्ट प्लेयरले ३००० नगद सहित साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५०० को ब्यवस्था गरेको छ ।

उत्घाटन कार्यक्रमको अध्यक्षता स्व.गलाउ मेचीकी धर्मपत्नी चन्द्रा मेचेले गर्नु भएको कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष लिङ्देन, वडा अध्यक्षहरु विष्णु प्रसाद ओली, शन्तकुमार थापा, शुकलाल राजवंशी, खड्ग बहादुर लावती, राजनितिक पार्टीका प्रतिनिधिहरु, खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आयोजक समितिको तर्फबाट शो म्याच साविक जलथल ३ र ४ विच गरिएको थियो । जलथल ४ ले १–० ले विजय प्राप्त गरेको थियो । उत्घाटन कार्यक्रमलाई प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्देन, ढडुवा एफसीका सल्लाहाकार महेशलाल मेचेले शुभकामना मन्तव्य राख्नु भएको थियो भने मेचे नृत्य, साकेला नृत्य समेत उत्घाटन कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)