हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवलको मोती मावि झापाको उत्कृष्ट माविमा छनौट , विद्यालयले पाउने भयो ५ लाख अनुदान सहयोग

बनियानी , कचनकवल गाउँपालिका – ३ डाँगिवारीमा रहेको मोती मावि झापाको उत्कृष्ट माविमा छनोट भएको छ ।

Advertisement

व्यवस्थापकीय र शैक्षिक सुधारमा उत्कृष्ट काम गरेको भन्दै शिक्षा तथा मानव स्रोत केन्द्रले मोती मावि लगायत झापाका पाँच माविलाई ५ लाख रुपैयाँका दरले प्रोत्साहन स्वरुप अनुदान रकम दिने भएको सुची सार्वजनिक गरेको छ ।

Advertisement


स्रोत केन्द्रका अनुसार छनौटमा सूचीमा परेका विद्यालयहरूमा कचनकवल गाउँपालिकाको मोती मावि , मेचीनगर नगरपालिकाको आदर्श मावि इँटाभट्टा, अर्जुनधारा नगरपालिकाको लक्ष्मी मावि, शिवसताक्षी नगरपालिकाको राष्ट्रिय मावि रमणीय आदर्श र कमल गाउँपालिकाको शहिद मावि धर्मभक्त रहेका छन् ।

केन्द्रले प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय छनोट गरेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)