हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवलमा सुत्केरी आमाहरूलाई निशुल्क एम्बुलेन्स सेवा

बनियानी । झापाको कचनकवल गाउँपालिकाले सुत्केरी आमाहरुको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंसीका अनुसार आर्थिक बर्ष २०७९/०८० को नितितथा कार्यक्रम अन्तरगत सुत्केरी आमाहरूको लागि झापा जिल्ला भरी एम्बुलेन्स सेवा निशुल्क गर्नुका साथै उनीहरुलाई पोषण बापत ३ हजार नगद उपलब्ध गराउदै आएको छ ।

Advertisement

अति विपन्न , दलित ,मुस्लिम , राजवंसी, सन्थाल र गन्धर्व समुदायको बाक्लो उपस्थित रहेको कचनकवल गाउँपालिकाले जनताको हितको लागि निशुल्क स्वास्थ बिमा , सर्पदंस उपचार सेवा समेत उपलब्ध गराउदै आएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई बताउनु हुन्छ ।

गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवले दिएको जानकारी अनुसार आजका मिति सम्म ४१० जना सुत्केरी आमाहरूले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गर्नु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)