हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी मावि : स्वर्ण महाेत्सवकाे आय व्यय सार्वजनिक

हल्दिबारी माध्यमिक विद्यालयको ५० औं स्वर्ण महोत्सवको हिसाब किताव आज सार्वजनिक गरिएको छ । २०७९ पौष १ देखी ७ गते सम्म सप्तब्यापि विविध कार्यक्रम गरि मनाइएको स्वर्ण महोत्सवको ६ महिना पछि आज एक कार्यक्रम बिच हिसाव किताव सार्वजनिक गरिएको हो ।

Advertisement

हल्दिबारी माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षता तथा वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत स्वर्ण महोत्सवको आय व्यय प्रस्तुत गरिएको छ ।

Advertisement

सामाजिक परिक्षण समितिले तयार पारेको प्रतिवेदन अनुसार ३१८४६४०।५५ आम्दानी भएको देखाइएको छ भने खर्चमा ३१६०५२३।४५ खर्च भएको विवरण प्रस्तुत गरिएको छ । स्वर्ण महोत्सवको लागि हल्दिबारी गाउँपालिकाले विनियोजित गरेको तिनलाख रुपैया र वडा नं. २ ले विनियोजित गरेको एक लाख रुपैया भने आम्दानीमा प्रस्तुत गरिएको पाईएको छैन । सामाजिक परिक्षणले तयार पारेको प्रतिवेदन अनुसार ४१९७२६ रुपैया विभिन्न ३४ जना दाताहरुबाट रसिद काटेर पनि रकम उपलव्ध नगराइएको प्रतिवेदनमा उल्लेख छ ।

हल्दिबारी माविका प्रधानअध्यापक टंक प्रसाद पाख्रिनले स्वागत तथा स्वर्ण महोत्सवको उपलव्धीका बारेमा मन्तव्य राख्नु भएको कार्यक्रममा सामाजि परिक्षण समितिका संयोजक सागरमणी नेपालले सामाजिक परिक्षण समिति मार्फत गरेको आम्दानि तथा खर्चको विवरण पेश गरेका थिए ।

कुनकुन शिर्षकमा कतिकति खर्च भयो सम्पुर्ण विवरण सहित हेर्नुहोला ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)