हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुर नगर अधिवेशन एमालेको बहिस्कारका कारण स्थगित

द्रोण अधिकारी, भद्रपुर । भद्रपुर नगरपालिकाको असार ८ गतेका लागि बोलाइएको १२ औं वजेट अधिवेशन नगर सभाको गणपूरक संख्या नपुगेर स्थगित भएको छ ।

Advertisement

नगर सभामा प्रतिनिधित्व गर्ने नेकपा एकालेबाट निर्वाचित सभाषदको अनुपस्थितिका कारण कार्यपालिकाले निर्विरोध पारित गरेको नीति तथा कार्यक्रम सहितको वजेट अधिवेशन गणपूरक संख्या अभावमा स्थगित भएको हो ।

Advertisement

५४ सदस्य सभाषद रहेको नगरपालिकाले बोलाएको नगर सभामा गणपूरक संख्या २८ जना हुनु पर्नेमा २२ जनाको मात्र उपस्थिति रहेपछि बाह्रौं अधिवेशनको दोस्रो बैठक शनिवारलाई डाकिएको छ ।
प्रदेश सभा एवम् कोसी प्रदेशबाट जारी गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि अनुसार सभामा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत उपस्थित नभएको हुँदा शुक्रवारको बैठक स्थगित गरी सोही नियमावलीको दफा १४ को (२)–अनुसार शनिवारलाई बैठक डाकेको नगरपालिकाले जनाएको छ ।

नियमावलीमा लगातार दुई पटक बैठक डाक्दा पनि गणपूरक संख्या नपुगेमा कम्तिमा एक तिहाइ सदस्यहरूको उपस्थितिलाई गणपूरक संख्या मानेर तेस्रो बैठकले निर्णयहरू गर्न सकिने सुविधा दिएको छ। भद्रपुर नगरपालिकाको हकमा तत्काल कायम रहेको सदस्य संख्या ५४ हो र लगातारको बैठकमा आवश्यक गणपूरक संख्या नपुगेमा एक तिहाइ अर्थात् १८ जना सदस्यको उपस्थितिमा निर्णय हुन सक्ने विधानतः व्यवस्था रहेको छ।

आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट, नीति तथा कार्यक्रम र प्रस्तावहरू छलफल गरी स्वीकृत गर्नका लागि अधिवेशन डाकिएको नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो।

१२ औं अधिवेशनको यो बैठकमा नेकपा.एमालेका सम्पूर्ण र राप्रपाका दुई जना बोर्ड सदस्य अनुपस्थित रहेका थिए । बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी र राप्रपाका सभाषद सहित २२ जनाको उपस्थिति रहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

नगर प्रशासन श्रोतका अनुसार बोर्ड बैठकमा छलफल भएर नगर सभामा लैजाने बजेट, नीति तथा कार्यक्रमलाई स्वीकृत प्रदान गर्ने सहमतीपछि अधिवेशन डाकिएको थियो तर बैठक डाक्न हस्ताक्षर गर्ने जिम्मेवार प्रतिनिधि नै अधिवेशनमा उपस्थित नभएपछि आश्चर्य मानिएको छ ।

भद्रपुर ७ नं.वडा अध्यक्ष अभिषेक ढुङ्गानाले नगर शिक्षा समितिको समस्या वाहेक नगरभित्र अन्य असन्तुष्टि छ भन्ने आफूलाई नलागेको जानकारी दिएका छन् ।

अनुपस्थित रहने पक्षले भद्रपुर नगरपालिकाको शिक्षा समिति पुनर्संरचना गर्नुपर्ने एक शुत्रीय मांग पूरा गराउन बैठक बहिस्कार गरेको श्रोतको दावी छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)