हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति

भद्रपुर । भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन निर्माण हुँदा पनि हस्तान्तरण प्रकृयामा लगिएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुरले आपत्ति जनाएको छ ।

Advertisement

केन्द्रले अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य उपचार गर्न आइने भवन हचुवा र लापरभाहीले निर्मित हुँदा गुणस्तरहीन काम भएको अवस्थामै अस्पताल विकास समितिले गुणस्तरीय भएको सहमती दिँदै जेठ २२ गते हस्तान्तरण भएको भन्दै आपत्ति जनाइएको हो ।

Advertisement

अस्पतालको नयाँ भवनको २०८० बैशाख ३१ गते अनुगमन गर्दा भवन कमसल बनेको, छतमा जताततै चर्किएको, फुटेको कारण पानी चुहिने अवस्था देखिएको जानकारी तत्कालीन प्रदेश स्वास्थ्यमन्त्री निर्मला लिम्बू, स्वास्थ्य सचिव डा. सुधा देवकेटा, संघीय सांसद निशा डाँगी र पूर्व प्रदेश संसद बसन्त बानिया सहित भद्रपुर नगर प्रमुख गणेश पोखरेललाई राखेर निर्माण गुणस्तरको अवगत गराई अनुगमन विवरण बुझाएको भए पनि सुनुवाइ नभएको माओवादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए ।

अध्यक्ष राजभण्डारीले अस्पताल विकास समितिका अध्यक्ष, सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख र संम्वन्धित प्राविधिकहरूको लापरवाहीको फाइदा लिँदै ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै कारवाहीको माग समेत गरेका छन् । उनले दक्ष र विश्वासिला प्राविधिक ल्याएर भवन पुनर संरचना निर्माण हुनु पर्ने समेत प्रष्ट पारेका छन् ।

असारको पहिलो सातामा आएकै वर्षे झरीको पानी रसाएर भवन भित्र चुहिएको अवस्था छ । निर्माणाधीन आइसियु कक्षमै छतबाट पानी चुहेको देखिन्छ । छानाको फाइवर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको अवस्थाले भवन ज्यादै कमशल भएको राजभण्डारीको भनाइ छ ।

२०८० जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्याल ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू

२४ करोड ६२ लाख रूपैयाँ ( भ्याट वाहेक २२करोड ६१ लाख ३७ हजार ३५२ रूपैयाँ ७१ पैसा)– मा २०७४ साल कार्तिक ३० गते काठमाडौंको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी प्रादेशिक अस्पतालको भवन निर्माण सम्झौता गरेको थियो । कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा लिफ्ट बनाएको छ । नवनिर्मित भवन रङ्ग लगाएर बाहिरबाट झिलिक्क बनाए पनि भित्र भने ठाउँ ठाउँमा चर्केको, फुटेको, पानीका पाइप र विद्युत जडानमा लापरबाही गरेको र पानी चुहिएको सामान्य आँखाले पनि देखिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)