हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दमकको जीवन विकास लघुवित्तमा विप्लव निकट युवा संगठनले ताला लगायो

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले झापाको दमक – ८ मा रहेको जीवन विकास लघुवित्तको शाखा कार्यालयमा तालाबन्दी गरेको छ।

Advertisement

आज दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ भने उक्त संस्थाको बोर्ड तोडफोड र आगजनी गरेको छ।

Advertisement

यसअघि जीवन विकास संस्थाले स्थानीय स्तरमा ऋणीहरुलाई धम्क्याएको, चरम शोषण गरेको , चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको र पटकपटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकिएकोले तालाबन्दी गरिएको इन्चार्ज पुकार सी ले बताए ।

उक्त संस्थाले कयौं दिदीबहिनीहरुलाई आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको, समाजमा गुन्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने युवा संगठनले चेतावनी दिएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजिको आरोपमा हिजो विर्तामोड स्थित बुधबारे हटियामा नबराज विमलिको घर कब्जामा लिएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)