हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीका ३३ बर्षिय राजवंशीको सर्पले टोकेर गयो ज्यान

हल्दिवारी, ११ असार । हल्दिवारी गाउँपालिका -२ बस्ने अन्दाजी ३३ बर्षिय एक युवक सर्पले टोकेर मृत्यु भएको स्थानीयले बताएका छ्न । पारोखोपी बजार बस्ने ३३ बर्षिय शम्भु राजवंशीको बिषालु सर्पको टोकाइबाट मृत्यु भएको छ ।

Advertisement

गएराती १२ बजेतिर राजवंशी रक्सी खाएर सर्प बोकेर हिडेको अवस्थामा स्थानीयले भेटेको बताउँछन् । स्थानीयका अनुसार उनले रक्सीले मातेको शुरुमा कालो गोमन सर्पलाई पक्रेर खेलाउदै हिडेका थिए । सोही क्रममा सर्पले उनको दुवै हात, घाँटीमा डसेकाे थियाे । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको थियोे ।

Advertisement

स्थानीय प्रहरीका अनुसार उनको शवलाई आवश्यक छानबिन गरि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगीएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)