हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बाह्रदशीको बजेट ४९ करोड ८८ लाख ४० हजार

बह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८० /०८१ ल लागि ४९ करोड ८८ लाख ४० हजार ६ सय रुपैयाँ बरावरको वजेट सार्वजनिक गरेको छ ।

Advertisement

समृद्ध बाह्रदशीको आधार, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार भन्ने मूल नाराका साथ गाउँपालिकाको तेह्रौं गाउँसभाले बजेट सार्बजनिक गरेको हो । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गाउँसभाबाट विनियोजित बजेट सार्वजनिक गरेका थिए ।

Advertisement

गाउँपालिकाले सार्बजनिक गरेको बजेटमा गाउँपालिकाको चालू तथा प्रशासनिक खर्च ६ करोड ९७ लाख ३० हजार रुैियाँ, ७ वटै वडाको चालू तथा प्रशासनिक खर्च २ करोड २४ लाख, शिक्षा शाखा तर्फको प्रशासनिक खर्च तीन लाख ४० हजार, स्वास्थ्य शाखा तर्फको प्रशासनिक खर्च ६ लाख ४२ हजार , कृषि शाखा तर्फको प्रशासनिक १ लाख २० हजार, पशुपक्षी शाखा तर्फको प्रशासनिक खर्च एक लाख २० हजार, आयुर्वेद शाखाका लागि १ लाख २० हजार प्रशासनिक खर्च छुट्याइएको छ ।

आर्थिक विकास तर्फ ११ करोड ९० लाख , संस्थागत तथा क्षमता विकास तर्फ ५४ लाख , सामाजिक विकास तर्फ ४ करोड २७ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन गरिएको छ । वन वातावरण÷ विपद व्यवस्थापनका लागि १८ लाख र भौतिक पूर्वाधार विकास तर्फ ३ करोड २५ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भएको हो ।

गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटी खरेलले बजेट तथा कार्यक्रम तर्जुमा विषयमा धारणा राखेको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष महताव आलमले राखेका थिए । समसामयिक विषयमा सभाको सून्य समय सदस्यहरू बिजय अधिकारी, गंगाराम धिताल, युवराज ढकाल, हेमलाल दाहाल र जय तिम्सिनाले धारणा राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)