हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

इलाममा आगलागी, समिरको घरबाट सुरु भएको आगलागी आसपासमा रहेका ८ वटा घर जलेर नष्ट

हल्दिबारी । इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् । गएराति २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ५३ लाख रुपैयाँ भन्दा धेरैको नोक्सानी भएको अनुमान गरिएको छ ।

Advertisement

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । फइल फाेटाे

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)