काठमाडौँ । देशकै ठूलाे सुपरमार्केट सञ्जाल भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरुङलाई उनको निवास नक्सालबाट पक्राउ गरेकाे हो।

ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए। उनी नेपाल प्रहरीको फरार सूचीमा रहेका थिए।
