हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाकाे मृत्यु

स्याङ्जा । करेन्ट लागेर स्याङ्जाको बिरुवा गाउँपालिकामा एक बालिकाको ज्यान गएको छ । करेन्ट लागेर मङ्गलवार दिउँसो बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको ज्यान गएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो ।

Advertisement

आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा ज्यान गएको डीएसपी खनालले बताउनुभयो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)