हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

५० लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएर बसेको बेहुला पक्राउ

हल्दिबारी । विवाहको क्रममा बेहुली पक्षसँग दाइजो मागेर दबाब र धम्की दिएको आरोपमा एक युवकलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ । सुनसरीका स्थायी बासिन्दा ३२ वर्षीय अनुराग रौनियारलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह समारोहबाटै प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी वृत्त काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिएका थिए । यसबीचमा पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली पक्षबाट लिइसकेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

Advertisement

विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज्जती गर्दै हातपातसमेत गरेपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई पक्राउ गरेको हो ।

आरोपित रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)