हल्दिबारी । रुपन्देहीमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुशहरलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८, मैनहवाबाट पक्राउ गरेको हो । शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियारले प्रहार गरेका थिए ।

घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमार रुपन्देहीको गैडहवामा आएर लुकेका थिए ।
