हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अनेरास्ववियु हल्दिबारीले गर्‍यो वृक्षरोपण

जननेता मदन भण्डारीको ७२ औ जन्म जयन्ती अवसरमा देश व्यापी रुपमा मदन भण्डारी जयन्ती विशेष रचनात्मक सप्ताह २०८० मनाइरहिएको छ ।

Advertisement

यसै सन्दर्भमा आज केन्द्रिय कमिटी र जिल्ला कमिटीको विशेष सर्कुलर अनुसार अनेरास्ववियु हल्दिबारी गाउँकमिटीले पनि वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

हल्दिबारीको रातमाटे सामुदायिक वन रहेको धार्मिक एवम पर्यटकीय गन्तव्य दुधकन्या मन्दिर परिसरमा विभिन्न रैथाने जातको बिरुवा रोपिएका अनेरास्ववियु हल्दिबारीका सचिव सबिन कार्कीले बताए।

अध्यक्ष आशिष खरेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य अभिषेक खतिवडाको प्रमुख आतिथ्यता र हल्दिबारी गाउँपालिका वडा नं-३ का वडा अध्यक्ष बिष्णु ओलीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)