हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बेरूजु र भ्रष्टाचार बारे हल्दिबारीकाे गाउँ सभामा प्रश्न उठाइन तोलाङ्गीले

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको १५ औं गाउँ सभाको दोस्रो बैठकमा बुधबार (आज) पालिकाको बढ्दो बेरूजु र भ्रष्टाचार नियन्त्रण र न्युनिकरणको नीति तथा कार्यक्रम आवश्यक रहेको भन्दै नीति योजना तथा कार्यक्रम माग गरिएको छ।

Advertisement

गाउँपालिकाको १५ औं सभाको छलफलमा भाग लिदै हल्दिबारी २ कि जनप्रतिनिधि तथा सभाकि सदस्य अम्बिका तोलाङ्गीले त्यस्तो नीति तथा कार्यक्रम माग गरेकि छिन्।

Advertisement

उनले वर्तमान अवस्थामा जनताले जनप्रतिनिधि र कर्मचारीसँग सु–शासन तथा पार्दशिता, भ्रष्टाचार नियन्त्रण सम्बन्धित नीति तथा कार्यक्रम खोजिरहेको बताएकि छिन्। ‘ आर्थिक २०८०/०८१ को नीति तथा कार्यक्रममा किन सुशासन, पालिकाको भष्ट्राचार नियन्त्रण सम्बन्धि नीति, कार्यक्रम समाबेश भएन सभाध्यक्ष महोदय ?’ उनले भनिन् ।

‘संघिय शिक्षा ऐनमा बाझिने गरि, हल्दिबारी गाउँपालिकाले आफ्नो कार्यकता अनुकूल हुने गरी शिक्षा ऐन तथा नियमावली पहिलो संसोधन गरेको छ। एक वर्ष बितिसक्दा पनि कुनै सुधारको लक्षण नदेखिएको हो, प्राथमिक र आधारभूत बिद्यालय सुधारको नीति तथा कार्यक्रम खोई ? शिक्षामा चरम राजनीतिक बढेको छ। बिद्यालय ब्यबस्थापन र शिक्षक व्यवस्थापन गर्ने नीति छैन किन ?’ उनले प्रश्न गरेकी छिन् ।

उनले ‘वर्तमान अबस्थामा जनताले जनप्रतिनिधि र कर्मचारीसँग सु शासन तथा पार्दशिता, भ्रष्टाचार नियन्त्रण सम्बन्धित नीति तथा कार्यक्रम खोजिरहेका छन् तर यो नीति तथा कार्यक्रममा किन सु –शासन, पालिकाको भष्ट्राचार नियन्त्रण सम्बन्धि नीति, कार्यक्रम समाबेश भएन सभाध्यक्ष महोदय ?’

पालिका स्तरिय न्यायीक समिति समावेसी, क्षेत्रगत र बिधि सम्मत गरिएको छैन । पालिका स्तरीय न्यायीक समितिमा वडा नम्बर १ र ४ का जनप्रतिनिधिहरू मात्र छन् । वडा नम्बर २ र ३ को प्रतिनिधित्व भएको छैन। सभाले न्यायिक समितिको गठन कार्याविधि सम्बन्धि नीति नियम पुनरबिचार गर्ने वा सुधार र समावेशी र समानुपातिक, क्षेत्र समेट्नतर्फ ध्यानाकर्षण गर्दछु । न्यायिक समितिको गठन नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार कानुन बमोजिम आफ्नो क्षेत्र भित्र विवाद निरुपण गर्न न्यायिक समिति गठन गरिएको हुन्छ । तर हल्दिबारीमा न्यायिक समितिमा गठनमा पदाधिकारीहरु त्यस्तो हुन सकेन त्यो नीति नियम स्पस्ट गर्न माग गर्दछु।

साथै उनले भनेकी छिन् ‘बेरूजु र नीतिगत भस्टचार रोक्न वा कम गर्न पालिका र वडा कार्यालयहरूबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरू जस्तैः बीउ बिजन खरिद, पाडा, सुगर, गाई बाख्रा खरिद, कृषि यान्त्र उपकरण खरिद सोलार बत्ती, सन्सर बत्ती, कल्पट (होमपाईप) फर्निचर, सेनेटरि प्याड, स्टेशनरी र कार्यालय सामाग्री खरिद खुल्ला प्रतिस्पर्धामक र टुक्रा टुक्रागरि नितिगत भष्ट्राचार भएको भनेर महालेख र मिडियामा समेत आएको छ यसलाई बार्षिक समय तालिका वा बार्षिक कार्य योजनाबद्व, दक्षतापूर्ण खुल्ला र पारर्दशिपूर्ण खरिद तथा वितरण नीति तथा योजना कहाँ छ ? उनले प्रश्न गरिन् ।

उनले गरीबि निबारणका लागि लघुउधम कार्यक्रम बारे समेत प्रस्न उठाउँदै उनले भनिन ‘पालिकाले बर्षेनी गरिबी निवारणका लागि बेसिक तथा एडभान्स किसिमका बिभिन्न किसिमका लघु उधम बिकास तालिम सञ्चालन गरि करिब १०, १५ लाख माथि खर्च गरिरहेको छ। उक्त कार्यक्रमलाई व्यवस्थित अभिलेखिकरण, त्यसबाट पालिका र नागरिकलाई लाभ तथा प्रतिफल त्यसबाट प्राप्त भएको रोजगार तथा सेवा बस्तुहरू खोई के छ ? कसरी ब्यबस्थित गर्ने त्यो कार्यक्रमलाई भनेर नीति कहा छ ? उनले भनेकि छिन् ।

त्यस्तै उनले हल्दिबारी गाउँपालिकाको यो नीति तथा कार्यक्रममा पालिकाको आन्तरिक आय, आम्दानी बढाउने गरिको नीति तथा कार्यक्रम केही नभएको बताउँदै त्यसतर्फ पालिकाको ध्यान जान आग्रह गरेकी छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)