झापा । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र यस कार्यालयका प्रमुख समेतलाई जोडेर मिति २०८०।०३।११ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन ‘ शीर्षकमा र मिति २०८०।०३।१२ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा कांगेससँग माओवादीको उच्चस्तरिय वार्गेनिङ’ शीर्षकमा आर्थिक दैनिक पत्रिका र त्यसको अनलाइन संस्करण आर्थिक दैनिक डटकममा प्रकाशित समाचारको खण्डन गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले विज्ञप्ती निकालेकाे छ ।
नेपाली कांग्रेसका नेता सिटौलाकाे नाम जोडेर अहिलेको गठवन्धनलाई कम्जोर बनाउनका लागी सड्यन्त्र पुर्वक यो समाचार प्रकाशित भएको कांग्रेस तथा माओवादी नेताहरु बताउँछन ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले विज्ञप्ती जारी गर्दे भनेको छ : काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र यस कार्यालयका प्रमुख समेतलाई जोडेर मिति २०८०।०३।११ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन ‘ शीर्षकमा र मिति २०८०।०३।१२ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा कांगेससँग माओवादीको उच्चस्तरिय वार्गेनिङ’ शीर्षकमा आर्थिक दैनिक पत्रिका र त्यसको अनलाइन संस्करण आर्थिक दैनिक डटकममा प्रकाशित झुटो समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्मानित अदालतमा विचाराधीन मुद्दाको अनुसन्धानलाई जोडेर लेखिएको तथ्यहिन, झुटो, काल्पनिक र भ्रमपूर्ण उक्त समाचारको यस कार्यालय गम्भीर आपत्ति सहित खण्डन गर्दछ । असार ११ र १२ गते आर्थिक दैनिक र अनलाइन संस्करणमा ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौललाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन र प्रहरी नेतृत्व हच्कियो ‘ तथा ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कांगेससँग माओवादीको उच्चस्तरिय वार्गेनिङ’ भन्दै लेखिएको समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँछौं ।
पत्रिका र अनाइनमा पटक-पटक भ्रमपूर्ण कपोलकल्पित कथावस्तु बनाई समाचार लेख्दै प्रहरीलाई अनाश्यक विवादमा ल्याउने काम भएको देखिन्छ । ‘प्रहरी संगठनको नेतृत्व र मातहतका निकायहरुबीच आदेश, कमाण्डको श्रृंखला नै खलबल्याउने, फाटो ल्याउने मनसायले लेखिएका यस्ता प्रकारका सामाग्रीमा कुनै सत्यता नरहेको जानकारी गराउँदै जिम्मेवार सञ्चार संस्थाले तथ्य र यर्थाथमा आधारित रहेर मात्र समाचार प्रकाशन, प्रसारण गर्नुको साँटो भ्रमपूर्ण सामाग्री प्रकाशित गर्दै प्रहरी संगठनलाई विवादमा ल्याउन गरेको उक्त कार्य निन्दनीय छ ।
स्वच्छ, स्वतन्त्र र प्रमाणमुखी अनुसन्धान गर्ने नेपाल प्रहरीलाई प्रमाण भन्दा पनि आदेशमा कसैविरुद्ध परिचालित हुन्छ भन्ने भाष्य सिर्जना गर्ने दुषित उद्देश्य र कुत्सित मनसायसहित लेखिएको यो भ्रमपूर्ण सामाग्री पीत पत्रकारिताको निकृष्ट नमूना हो । व्यवसायिक रुपमा आफ्नो काममा दत्तचित्त भएर लागेका इमान्दार प्रहरी अधिकारीहरुको मनोबल गिराउने र समाजमा भ्रमपूर्ण अफवाह फैलाउने यस्ता सामाग्रीहरुको यस कार्यालय घोर निन्दा र भर्त्सना गर्दछ ।
यसर्थ, कुनै पनि कोणबाट पुष्टि नहुने झुटो, भ्रमपूर्ण, तथ्यहिन, काल्पनिक र भ्रामक सामाग्रीको यस कार्यालयद्वारा गम्भीर आपत्ति जनाउँदै खण्डन गरिएको व्यहोरा सबैमा जानकारीको लागि हार्दिक अनुरोध छ ।

प्रकाशित समाचार र आर्थीक राष्ट्रीय दैनिक बिरुद्ध प्रेश काउनशिल नेपालमा समेत सम्वन्धित पक्षले कार्वाहीकाे लागि निवेदन दिएकाे जानकारी हामिलाइ प्राप्त भएकाे छ ।
Post Views: 315