हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी गाउँपालिकाको १५ औं अधिवेशन सम्पन्न : कृषि, स्वास्थ्य र शिक्षामा जोड

हल्दिबारी, १३ असार ।  हल्दिबारी गाउँपालिकाको  १५ औ गाउँ सभा अधिवेशन  निति तथा कार्यक्रम  पारित गर्दै सम्पन्न भएको छ। सभामा प्रस्तृत ४७ करोड ७४ लाख ३० हजार ४सयको कुल बजेट तयार पारेको थियोे ।गाउँपालिकाले आर्थिक विकास तर्फ ५७ लाख, सामाजिक विकास तर्फ ४ करोड ७ लाख ५५ हजार, पूर्वाधार विकास तर्फ ९ करोड २१ लाख ९५ हजार,वन वातावरण तथा विपद व्यवस्थापन ११ लाख ६४ हजार र सुशासन तथा संस्थागत विकास तर्फ ४२ लाख को आय व्यय तयार गरि सभामा प्रस्तृत गरेको थियो ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा सुरु भएको सभामा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई, गाउँसभा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको बताईएको छ ।
सभाबाट गाउँपालिका गाउँ सभा सदस्य तथा कार्यक्रम समिति संयोजक लक्ष्मी देवी मैनालीले  बैठकमा पेश गरेको  विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० पास गरेको छ ।
गाउँ सभामा पेस गरिएको निति तथा कार्यक्रममा “हल्दिबारीका छोरा छोरी प्राविधिक शिक्षा मार्फत रोजगारी” भन्ने नाराका साथ प्राविधिक शिक्षाको सुरुवात हुनेछ भने किसानको खुसी, पशुपालन र कृषि कार्यक्रमलाई निरन्तरता दिदैँ कृषकले उत्पादन गरेका कृषि उपज वस्तु सहज तरिकाले बजारीकरण गर्नका लागि कृषि एप्स निर्माण गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष लिङ्देनले बताउनु भयो ।
‌त्यसै १० हजार लिटर सम्म खानेपानी निशुल्क कार्यक्रमलाई पनि यो वर्ष निरन्तरता दिएको छ । पर्यटन तर्फ फेरि पनि घुम्न जाउ, हल्दिबारी गाउँ कार्यक्रम लाई निरन्तरता दिदैँ भेलागडी, पाथीभरा, धनुषपोखरी, साकेला लगायतका क्षेत्रहरूमा पर्यापर्यटन बढाउने कार्यक्रम पनि निरन्तर अघि बढ्ने भएकाे छ ।
त्यसैगरी रोजगारी तर्फ प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिदैँ सबैलाई शिप सबैलाई रोजगार कार्यक्रम को सुरू गर्ने भएको छ।हल्दिबारीका महिला विकासमा पहिला भन्ने अभियानलाई निरन्तरता दिदैँ महिला सशक्तिकरण कार्यक्रम र टोल विकास संस्थालाई प्राथमिकतामा राखेर कार्य संचालन गर्ने भएको छ।
यसैगरी हल्दिबारी आधारभूत अस्पताल अस्पतालमा भिडियो एक्सरे सहितको एक्सरे सेवा विस्तार,७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई तिनवटै स्वास्थ्य चौकीबाट प्राप्त हुने ल्याव सेवा निशुल्क गर्ने व्यवस्था मिलाउने जस्ता कार्यक्रम पास गरेको छ।
सभामा वडा नम्बर २ का अध्यक्ष सुकलाल राजवंशी   गाउँसभा सदस्यहरु , अम्बिका तोलाङ्गी, शान्ता शिवाकोटी, जिवन कन्दङ्वा ,प्रकास कार्की लगायतले विशेष समय लिएर  नीति तथा कार्यक्रम र बजेट बिनियोजनका बारेमा आआफ्नो धारण राखेको  गाउँपालिकाले जनाएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)