हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

साउदी अरबमा गोली चल्दा एक नेपालीकाे मृत्यु

साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको विवरण प्राप्त भएको छ। जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

Advertisement

अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ।

Advertisement

घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन्। रोयटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घटनामा घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ। बिबिसी बाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)