हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाकाे टोलीद्वारा भारतिय माछा बरामद पछी नष्ट

इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापाको सुरुङ्गामा भारतबाट नेपाल ल्याउदै गरेको माछा बरामद गरि नष्ट गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको सयुक्त प्रहरी टोलीले भारतबाट सुरुङ्गाको बजार तर्फ ल्याउदै गरेको जिउदो मुङ्ग्री जातको र मरेको समेत गरि ६० केजी माछा आज दिउसो कनकाई नगरपालिका ५ हनुमानचौकबाट बरामद गरि इलाका प्रहरी कार्यालय सुरुङ्गामा नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमिति कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश सदस्य लीलाराज झापाली लगायात नागरिक समाजको अगुवा समेतको उपस्थितिमा इलाका प्रहरी कार्यालय परिसरमै नष्ट गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो ।

Advertisement

पछिल्लो समय झापा जिल्ला माछामा आत्मनिर्भर भएसगै भारतीय बजारबाट ल्याइने खासमा मरेको माछा झापाको बजारमा भित्राउन बन्द गर्दै आएको छ । यता कनकाईको बजारमा मरेको भारतीय माछा विक्री हुने गरेको तथ्य बाहिरिएसगै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा मरेको भारतीय माछा विक्री गर्न बन्द गरिएको बताउँनुभएको छ । कनकाईले यसलाई कडाईका साथ लागु गर्नका लागि छुट्टै कार्यविधि बनाइदै ल्याइएको र तत्काल यसलाई कडाईका साथ लागु गरिने समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)