हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिर्तामोडमा सडक निर्माणको क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु

बिर्तामोड,१५ असार । सडक निर्माणको क्रममा करेन्ट लागेर झापा, बिर्तामोड- २ मा आज विहान एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ३ सैनिक मोडका ४० बर्षीय धनबहादुर राजबंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Advertisement

घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)