कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “एकतीसौं स्थापना दिवसको शुभकामना”

नेपाल वै रो व्यवसायी संघको एकतीसौं स्थापना दिवस आज
केही कुरा राख्न अनुमति माग्दैछु मैले तपाईहरु नै माझ
रेमिटेन्सले नै देशको अर्थतन्त्र धानेकोछ भन्न मान्नु पर्दैन लाज
बैंकले धितो खोज्छ साहुले बिना धितो पत्याउछ कत्रो विश्वास आज।
रेमिटेन्स बिना गाउँ घरको चिसो चुलो कतै जल्दै जल्दैन
भुन्टे र कालीको शिक्षा दीक्षा सित्तैमा कही कतै चल्दै चल्दैन
उत्तेजनामा भाषण नगरौं नेता जि भावनाले यो संसार चल्दैन
रेमिटेन्स नहुने हो भने नदी नालाबाट त्यसै बिजुली बत्ती बल्दैन।
रेमिटेन्सले गर्दा बाह्र वर्षे जन युद्धमा देशको अर्थतन्त्र ढलेन
नाका बन्दी गरेर अर्थतन्त्र तहसनहस पार्न खोज्नेको केही चलेन
भुकम्पले गर्दा सारा देशका भौतिक संरचनाहरु ढले पनि
रेमिटेन्सले गर्दा सारा नेपालीहरुको शिर कहिल्यै ढलेन।
रेमिटेन्सले किन्दैछन् आज गाडी सारी कार्पेट ऐना र पर्दा
के अब यो देश चल्छ यदि वैदेशिक रोजगारीलाई बन्द गर्दा!?
रेमिटेन्सलाई खर्च विलासितामा हैन उत्पादनमा लगानी गरौं
जादा कामदार आउँदा ऊ उद्योगको मालिक बन्छ त्यसो गर्दा।
ग्रिनकार्ड टिआर पिआरले विदेश लग्यो गैरी खेत र टार बारी
त्यही पैसाले आज युरोप अमेरिका अष्ट्रेलिया बन्दैछ कठैबरी
प्रत्येक वर्ष शिक्षित जनशक्ति जति सबै बाहिरी सक्यो हेर
राज्यले त्यसलाई फर्काउन नसके भविष्यमा संकटछ सधैं भरी।
विदेशको तलब नेपाल सरकारले एकलौटी नै तोकि दिन्छ
कागजमा भनेको तलब नलेखी दिए कामदार जान रोकि दिन्छ
मुखको बाबुको थकाइन पटाइ भने झैँ लेख्दा उस्को के जान्छ
लौत लेख्दे मात्रै हुन्छ भनि भने बमोजिम तलब लेखिदिन्छ!
प्राइभेट मेनपावरलाई पठा भन्छ विदेश टिकट भिसा सबै फ्री
सरकार आफूले कोरिया इजरायल पठौदैन लाख नतिरी
दिदैनन् है विदेशी कम्पनीले भिसा टिकट पैसो नै नतिरी
भन्ने बेलामा फ्री भन्ने करोडौंको धरौटी किन राख्न लगाको आखिरी!?
सरकारको आफ्नै हवाइ जहाज छन् किन बोक्दैन कामदार फ्री
अनि कामदारलाई भन्छ विदेश जानु मेनपावरलाई पैसो नतिरी!
भन्दै हुने भए नेपाली रुपैयालाई डलर पाउन्ड भन्दे सरकार
युरोप अमेरिका खाडी मलेसिया यही हुन्छ विदेश किन जानु आखिरी!
दूतावासले कागज प्रमाणीकरण गर्छ तलब नपाए जिम्मेवारी लिदैन
मेनपावरलाई चिट्ठी काट्छ उता कम्पनीसँग चुइक्क बोल्दिदैन
नेपालको नियम कानुनले पक्कै नै विदेशमा छुदै छुदैन
अरुको जस्तो दूतावास छैन हाम्रो टेवल मुनि हात नराखी फाइल खोल्दैन!
कामदार पठाउने अरु देशका मेनपावरहरुको भेला गरौं
(South Asian sending organization)
अरुको कामदार छिनमा पुग्छ हाम्रो महिनौं लाग्छ कानुन उस्तै बनाइ हेरौं
वै रो व्यवसायी संघको एकतीसौं स्थापना दिवसको छ शुभकामना
वैदेशिक रोजगार अनिवार्य आवश्यकता छ खराब नियम कानुन फेरौं।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको स्थापना दिवसको शुभकामना ।
राज कुमार कार्की
धन्यवाद।
शुभ बिहानी।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article