– राज कुमार कार्की
बड्डा !
बड्डा मैले तिमीलाई जन्मदिए
हुर्काए बढाए पढाए डाक्टर बनाए ।
मेरो रक्षा गर्छौ कि भनि सेनामा भर्ती गराए।
देशको सच्चा सिपाही बनौने कोसिस गरे।
बड्डा !
तर तिमी असल सिपाही हुन्छौ होला भन्ठानेको थिए १
तिमीलाई सेनापति बनौने सोचमा थिए।
बड्डा !
तिमी कातर रहेछौ
युद्धमा गोली हान्छौ भन्ठानेको थिए।
तर तिमी भने जागीर नै छोडेर युद्ध मैदान बाट बिचमै भाग्यौ !
बड्डा !
तिमीले मेरो जङ्गे पिलरको रक्षा गर्छौ भन्ठानेको थिए।
म माथि लिपुलेक लिपियाधुरा र कालापानीमा बलात्कार हुन्दा शत्रु माथि गोली हान्छौ भन्ठानेको थिए।
तर तिमी भने पानीले भिजेको लुते कुकुर जस्तैः भएर युद्ध मैदान छोडेर भाग्यौ !
बड्डा !
तिमीलाई मेरो आँसु लाग्नेछ।
तिमीले मेरो दस धारा दूधको मूल्य चुकाउन सकेनौ !
बड्डा !
कोही कुपुत्र मेरो चुच्चे नक्सा नै काटेर खाने !
कोही केटाहरू युद्धमा होमिएर काधमा बन्दुक राखि गोली लोड मात्रै गरेर नपड्काइ शान्ति दुत बन्ने !
बड्डा !
उता सेनामा भर्ती भएकी छोरी गोली नपड्काइ यौवनमा अनमत्त हुने !
बड्डा !
धिकार छ तिमीहरूलाई !
पढाए बढाए डाक्टर बनाए।
तर सन्तान थरीथरीका !
कोही डाक्टर विदेशीको उपचार गर्ने कोही काहेर भएर गोली नपड्काइ युद्ध मैदान बाट भाग्ने !
बड्डा !
तिमीहरूलाई धिकार्ने छ अछाम डोटीले जुनिजुनि सम्म हैन मात्रै एक चोटिले।
बड्डा !
म तिम्रो आमा हुँ इतिहासले कहिले माफ दिने छैन तिमीलाई ।
तिमीहरूलाई मेरो यही सराप छ।
धन्यवाद ।