खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गलाउ मेचे स्मृति कप : झापा एफसीलाई हराउँदै न्यू स्टार क्लब खोपबाडी सेमिफाइनलमा

हल्दिबारी (झापा) । झापाको हल्दिबारीमा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगितामा शनिबार जित दर्ता गर्दै बिर्तामोडको न्यू स्टार क्लब खोपबाडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

हिजाे भएको पहिलो क्वाटरफाइनल खेलमा स्पर्धी झापा एफसी राजगढलाई २-१ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । न्यू स्टारका लागि बबिन बोहोराले खेलको ५ मिनेटमै हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

Advertisement

प्रतिस्पर्धात्मक खेलको ५०औँ मिनेटमा बबिनले नै आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम १० मिनेट रोमाञ्चक बनेको थियो । जसमा झापा एफसीका लागि कप्तान श्याम मुर्मुले खेलको ५८औँ मिनेटमा गोल गरे ।

खेलमा फर्किन अन्तिम सेकेण्डसम्म प्रयत्न गरेको झापा एफसीले अन्त्यमा हार स्वीकार्न बाध्य बन्यो । खेलको म्यान अफ दी म्याच न्यू स्टारका कप्तान सनम राई घोषित भए ।

ढडुवा एफसी हल्दिबारीले आयोजना गरेको प्रतियोगितामा भोलि (आइतबार) बगान युथ क्लब कचनकवल र जलथल एफसी हल्दिबारीबीच हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article