भोजपुर, १८ असार । भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत भेटिएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

घटनास्थलमा एउटा दुम्सी मरेको अबस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको शवलाई आवश्यक सर्बजनिक गरि पोस्टमार्टमको लागि अस्पताल पठाएको छ ।
