बनयानी । कचनकवल गाउँपालिकाले माछाको भुरामा भएको अनियमिताको छानविन सुरु गरेको गाउँपालिका अध्यक्ष कालेन्द्र्र प्रसाद सिंह राजवंशीले बताउँनु भएको छ ।
पालिका र किसानको ५०–५० साझेदारी कार्यक्रम अन्तर्गत माछा पालक किसानलाई पशुपक्षी तथा मत्स्य विकास शाखा बनियानी मार्फत माछाका भुराहरु बितरण गरिएको थियो । किसानहरुले आफूहरुलाई ठगेको भन्दै पालिकामा उजुरी दिए पछि पालिकाले आवश्यक छानविन सुरु गरेको प्रमुख प्रसाशकिय अधिकृत हिरा कुमारी यादवले बताएकी छिन्।
पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको भुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरी किसानहरुले पालिकामा दिदै पशुपक्षी तथा मत्स्य विकास शाखामा तालावन्धि समेत गरेका थिए।
किसानहरुका अनुसार माछाको भुराका लागि प्रतिगोटा डेढ रुपैयाँका दरले पालिकामा रकम जम्मा गरेकाा थिए। गाउँपालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराका लागि डेढ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । त्यही सूचनाका आधारमा ४२ किसानले पालिकामा माछाका भुराका लागि निवेदन दिएका थिए।
गाउँपालिकाले पशुपक्षी तथा मत्स्य विकास शाखाको विनियोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको थियो।
कचनकवल गाउँपालिका अध्यक्ष राजवंशीले कर्मचारीबाट त्रुटि भएको र सम्बन्धित कर्मचारी र शाखासँग लिखित जवाफ मागिएको बताउँदै कमजोरी गर्नेलाई ढाकछोप नगर्ने र दोषीलाई कार्यवाही गरेर सार्वजनिक गर्ने बताउँनु भएको छ ।