हल्दिबारी । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक श्राेतका अनुसार मंगलबार बेलुका उनकाे निधन भएको हाे । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको हाे । रविनको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनको निधनमा नेपाली संगीतकर्मी तथा समर्थक शुभेच्छुकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनकाे निधनकाे पहिलाे खबर नै उनकै पेजमार्फत् गराइएकाे थियाे ।

नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।

रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको थियो । रोबिनका पिता ब्रिटिस आर्मीमा रहेका कारण उनले विभिन्न ५ वटा देशमा आफ्नो बाल्यकाल बिताएका थिए । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’, चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

रविनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार