हल्दीबारी, २० जेठ । झापाको हल्दीबारी गाउँपालिका-२ स्थित खरसाङ चोकमा आज साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । साँझ अन्दाजी ७:३० बजेको समयमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था निकै गम्भीर (सक्त) रहेको बताइएको छ । दुर्घटनालगत्तै स्थानीयबासी र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पठाइएको छ । थप विवरण आउन बाकी………
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
1
+1
1
















