नेपाली रङ्गमञ्चकी स्थापित कलाकार तिला रूपा सापकोटा भारतको प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’ का लागि चयन भएकी छन्। भारतको केन्द्रीय संगीत नाटक अकादमीले रङ्गमञ्चको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सिक्किमकी सापकोटालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
विगत १५ वर्षभन्दा बढी समयदेखि शास्त्रीय (क्लासिकल), समसामयिक र साङ्गीतिक रङ्गमञ्चमा निरन्तर सक्रिय गान्तोक निवासी सापकोटाले अभिनेता, पर्फर्मर र नाटक निर्माताका रूपमा आफ्नो बलियो पहिचान बनाएकी छन्।
रङ्गमञ्चीय कलामार्फत समाजलाई पुर्याएको योगदानका कारण उनी यो प्रतिष्ठित पुरस्कारका लागि योग्य ठहरिएको अकादमीले जनाएको छ। सापकोटा आबद्ध रङ्गमञ्चीय वृत्त र कलाप्रेमीहरूले यस उपलब्धिलाई नेपाली रङ्गमञ्चकै गौरवका रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















