हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

Breaking news : NMC को लापरबाही कि ठगी ? १ लाख ८२ हजार जरिवाना

नेपाल बहुउद्देश्यीय सहकारी सस्था लि . झापाले सम्झौता विपरीत राहत खाद्य सामाग्री उपलब्ध गराएको भन्दै हल्दिवारी गाउँपालिकाले प्रती केजि १० रुपैया कटौती गरि भुक्तानी दिने निर्णय गरेको छ। सम्झौतामा रन्जित मन्सुली राम्रो आपूर्ति गर्ने भनी सम्झौता भएकोमा सोना मन्सुली चामल सम्झौता विपरीत प्याकेज गरि दिएको पाएपछि प्रती केजि १० रूपमा कटौती गर्ने निर्णय बैशाख १० गतेको  बैठकमा गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताए ।

Advertisement

Advertisement

गाउँपालिकाले २०७६ चैत २६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै राहत सामाग्री खरिद प्रक्रिया अघि बडाएको थियोे । गाउँपालिकाको सूचना अनुसार सबैभन्दा कम दरभाउमा निवेदन दिने नेपाल बहुउद्देश्यीय सहकारी सस्था लि . लाई १७ लाख २३ हजार २ सय ४४ रुपैयामा राहत सामाग्री उपलब्ध गराउने जिम्मेवारी दिएको पाइन्छ ।

नेपाल बहुउद्देश्यीय सहकारी सस्था लि . ( N MC ) सम्पर्क कार्यलय राजगढले उक्त सम्झौता गरेको पाइएको छ ।सम्झौता अनुसार १८ हजार २ सय १४ केजि राम्रो रन्जित मन्सुली ,३५ सय ३६ केजि मुसुरी दाल मिडियम ,१७ सय ६८ लिटर तोरीको तेल ,२ हजार ५६ केजि आयो नुन तथा २५ सय ३६ वटा लाइफ व्याई साबुन उपलब्ध गराएको थियोे ।

सम्झौता अनुसार चामल १५ केजिको २९० प्याकेज ,१० केजिको ११२५ प्याकेज तथा ७ केजिको २५० प्याकेज गरि प्रत्येक वडामा पुगि बितरण पश्चात् गुनासो आएपछि छानबिन गर्दा सत्य तथ्य बाहिर आएको हो । चामलमा गरेको बेइमानी लाई गाउँ पालिकाले प्रतिकेजी १० रुपैयाँका दरले हुन आउने १ लाख ८२ हजार १ सय ४० रुपैया कट्टा गरि भुक्तानी दिने भएको हो ।

राहत सामाग्री पाएकाहरु भने आफुहरुलाई रन्जित ,सोना नभएर बर्खे धानको चामल दिएको गुनासो गर्छन । नेपाल कै प्रतिष्ठित NMC जस्तो सहकारीबाट राहत जस्तो संबेदनसिल विषयमा गरेको बेइमानीले सबैलाई सजग र सत्रक हुन जरुरी देखिएको छ। 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)