सद्दाम हुसैनले अमेरिकालाई तेल किन्ने भए सुन देऊ । नत्र तिम्रो कागजको खोस्टा चाहिँदैन भने । त्यसकारण उन्लाई मारियो । लिबियाका शासक मोहम्मद गद्दाफीले पनि त्यसै भने । उन्लाई पनि मारियो । सिरियन रास्ट्रपति बसार अल असदले आफ्नो मुलुक भएर तेलको पाइप युरोप हुँदै अमेरिकामा लान दिन्न भने ।
उन्लाई पनि ISIS लगाएर उखेल्न खोजिएकै हो । रसियाले साथ नदिएको भए उन्को पनि हत्या भइसकेको हुनेथियो । यहाँ प्रसंग अमेरिकी डलरको गर्न खोज्दैछु । हाल वर्ल्ड करेन्सीको मान्यताप्राप्त अमेरिकी डलर अमेरिकी सरकारको मातहतमा छैन । त्यो पैसा अर्थात ग्यारेन्टीपत्र फेडरल रिजर्भ नामको मुठ्ठीभर पूँजिपति सम्मिलित फेडरल रिजर्भ बैंक (FED Bank) ले बिना धितो भटाभट छाप्छ । कति लाई थाहा छ कि छैन, केही समय पहिले जर्मनीले फेडरल बैंकमा राखेको पैसाको साटो सुन देऊ भन्दा फेडरल रिजर्भ बेंकले -` We have not owned gold since 1934´ अर्थात् `हामीसँग डलरको सट्टामा दिनलाई सुन छैन´ भन्ने जवाफ फर्कायो ।

जर्मनी अहिले वाल्ल परेर बसेको छ । हाल जर्मनी र अमेरिकाको सम्बन्ध चिसिएको पनि जगजाहेर छ । अमेरिकी रास्ट्रपति जोन एफ केनेडि (JFK) ले अमेरिकी डलरलाई फेड समुहबाट छिनेर सरकार मातहत ल्याउन खोजेका थिए तर उन्को यसै बिच फेड समुहले फेक हत्याकान्ड गराएर पदच्युत गराइदियो । भन्नेले त जोन अफ केनेडी अझै जिउँदै छन् । वास्तवमा जिम्मी कार्टर नै केनेडी हुन् पनि भन्छन् । खैर हालका दिनमा अमेरिकी डलरको भरोसामा कमि आएको प्रस्ट छ । अब चाँडै नै डलरको सट्टामा BRICS मुलुक (ब्राजिल, रसिया, इन्डिया, चीन र साउथ अफ्रिका) ले नयाँ अन्तर्राष्ट्रिय मुद्रा (global currency) ल्याउने पक्कापक्की भैसकेको छ ।
बेइजिङ्गमा मुख्यालय रहेको BRICS Bank (NDB) मा ढिलो चाँडो प्रो अमेरिकी मुलुक बाहेक अरु मुलुकहरु समाहित हुने निश्चित छ । त्यस्मा हाम्रा दुबै छिमेकी फाउन्डर रास्ट्र रहेपछि नेपाल त जबर्जस्ति पनि त्यस्मा समावेश हुनै पर्दछ । समाहित भएमा वास्तवमा अहिले जुन चर्को ब्याज सहित आफ्नो पैसाको अवमुल्यन (devaluation) गराएर बिश्व बैंकसँग ऋण लिनुपर्ने बाध्यता छ, त्यसबाट मुक्ति पाइने छ ।

त्यसपछि भटाभट छापिने र जहिले बजार भ्यालु बढी मात्र रहने अमेरिकी डलरको दादागिरि सम्भवत: चाँडै नै खतम हुनेछ । हाम्रो नेपाली ढेवा भारतीय रुपियाँसँग १.६० मा स्थिर गरिएको छ । त्यस मानेमा हामीले जहिले पनि अस्थिर (unstable) भैरहने अमेरिकी डलरमा लेनदेन/कारोबार गर्नुभन्दा भारतीय रुपियाँमा कारोबर गर्नु धेरै फाइदाजनक हुनजान्छ । हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा आइन्दा भारतीय रुपिंयामा नै अन्तर्राष्ट्रिय ब्यापारिक कारोबार गर्न सकिने कुरा जुन ल्याएको छ, स्वागतयोग्य र ऐतिहासिक छ ।
यसबाट हामी अमेरिकी डलरको चँगुलबाट बाहिर त निस्किन्छौं नै, नयाँ अन्तर्राष्ट्रिय करेन्सीबाट नयाँ कारोबारको सुरुवात गर्नलाई ढोका पनि खुल्नेछ । कहिले तिरिनसकिने विश्व बैंकको ऋणको चँगुलबाट पनि आजादी मिल्नेछ । – मेरो वालमा भएको पुरानो यो पोस्टलाई खोजेर पुन: मलाई म्यासेज गर्दिनुभएकोमा प्रह्लाद गिरीलाई धेरै-धेरै धन्यवाद । गिरी नेपाल राष्ट्र बेंकको उपल्लो स्तरको कर्मचारी हुनुहुन्छ । वहाँ बिभिन्न देशहरुमा अर्थ सम्बन्धी वाख्यान दिने गर्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















