हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आजको कबिता : मेरो गांउ बस्ती

देबेन्द्र किशोर ढुङगाना
यस बेला
गांउ बस्तीमा
भोकमरीले राता मान्छेहरु
बिद्रोहको शंखघोष गर्ने
तयारीमा छन
राक्षसहरुको
छक्का पञ्जाबाट उम्कन
बम र बारुद संग
पौठेजोरी खेल्न तम्तयार छन ।
हामी फेरी एक पटक ढल्यौ र उठ्यौ
तब मेरो गांउ बस्ती रंगिएर
र रक्ताम्य भएर दुश्मनलाई
निशाना बनाएर
रगतको होली खेल्न बिबश छ ।
मेरो गांउ बस्ती रोगाएको छ
मान्छेहरु गांउ बस्तीबाट
बिस्थापित हुदैछन
त्यसैलले
मेररो गांउ बस्तीले
परिबर्तनको आगो बोकेर
प्रशब पीडामा
छटपटाएको युगको
लक्ष्यका साथ
हामी नया बिहानीको
पर्खाईमा छौ ।
– भद्रपुर,झापा

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)