गोलधाप – झापा । उज्यालो गोलधाप बालक्लबले सरोकारवालाहरु संग एकदिने अन्तरसंबाद कार्यक्रम सम्पन्न गरेको छ।

बालबालिका तथा शिक्षा संञ्चार मञ्च नेपालको सहजीकरण र वडा नम्बर १ को सहयोगमा आयोजित कार्यक्रममा टोल बिकास समिती, जनप्रतिनिधि , बिधालयका प्रध्यानाध्यापक ,फोकल पर्सन बालक्लब र बालबालिकाहरुको सहभागीता रहेको थियो।

बाल मैत्री वडा तथा बिद्यालय निर्माणका आवश्यक सुचक र भुमिकाका बिसयमा भद्रपुर नगरपालिका फोकल पर्सन दिपक पाण्डे र मञ्चका संयोजक सरोज पौडेलले सहजीकरण गरेका थिए । बालबालिकाका चुनौती अवसर र अवसरका लागि सबै एकजुट भएर कार्य गर्ने प्रतिबद्धताका साथ सहकार्य गर्ने सहभागीहरुले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष त्रिलोचन सापकोटाले नयाँ बर्षको अवसरमा बालबालिका लाई उपहार सार्वजनिक स्थानमा बाल मैत्री खानेपानी धारा निर्माण गर्ने घोषणा गरेका छन् ।

क्लबका अध्यक्ष राज अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य सरिता न्यौपाने , क्लबका सदस्य बिपि कोइराला ,देबेन्द्र अधिकारी बिधानराज पौडेल लगायतले आ आफ्ना धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार