हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एअर इन्डियाको सर्भरमा साइबर हमला स् विश्वभर रहेका उसका ४५ लाख सेवाग्राहीहरूलाई असर पर्ने

भारतको ध्वजावाहक एअर इन्डियाले सर्भरमा भएको साइबर हमलाका कारण विश्वभर रहेका उसका ४५ लाख सेवाग्राहीहरूलाई असर परेको जनाएको छ। घटनाबारे कम्पनीलाई गत फेब्रुअरी महिनामा जानकारी गराइएको थियो। भारतको ध्वजावाहक एअर इन्डियाले सर्भरमा भएको साइबर हमलाका कारण विश्वभर रहेका उसका ४५ लाख सेवाग्राहीहरूलाई असर परेको जनाएको छ।घटनाबारे कम्पनीलाई गत फेब्रुअरी महिनामा जानकारी गराइएको थियो।

Advertisement

राहदानी, हवाई टिकटबारे सूचना अनि क्रेडिट कार्ड डेटा लगायतका विवरण प्रभावित भएको बताइएको छ।तर एअर इन्डियाले भने क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरहरूमा नराखिएको जनाएको छ।हमलामा कसको हात छ भन्ने कुरा स्पष्ट भइसकेको छ।स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको उक्त वायुसेवा कम्पनीले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० सम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ।

Advertisement

एअर इन्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न आग्रह गरेको छ।विमानलाई सुरक्षा स् कम्पनीले त्यसपछि कुनै पनि किसिमको अनधिकृत गतिविधि पत्ता नलागेको जनाएको छ।सन् २०१८ मा ४लाख सेवाग्राहीहरूको व्यक्तिगत र क्रेडिट कार्ड सम्बन्धी विवरण प्रभावित भएपछि गत वर्ष ब्रिटिश एअरवेजलाई २ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो। बीबीसी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)